महांकाल मन्दिरमा भक्तजनको घुँइचो

१७ कार्तिक । काठमाडौंको महांकाल मन्दिरमा दैनिक श्रद्धालुको भीड लाग्ने गरेको छ ।

वीर अस्पतालमा अगाडी रहेको महांकाल मन्दिरमा मंगलबार र शनिबार भने अझै बढि भीड लाग्ने गर्दछ । पौराणीक एंव धार्मिक महत्व रहेको मन्दिरमा कुनै आपत विपत् र दुख, पडा परेको समयमा दर्शन गरे दुःख हट्ने जनविश्वास छ । मन्दिरका पुजारी गम्भिरमान ब्रजाचार्यले करिव १४ सय वर्ष पुरानो पौराणीक महत्व रहेको मन्दिरमा हरेक दिने स्वदेशी तथा विदेशी दर्शनार्थीहरु आउने गरेको बताउनुभयो ।

पुजारी ब्रजाचार्यका अनुसार हिन्दुधर्मावलम्वीहरुले शनि देवताका रुपमा लिने गरेको महांकाल मन्दिरमा बौद्धधर्मालम्वीहरुले पनि उत्तिकै मान्ने गरेका छन् । उक्त मन्दिरमा दर्शन गर्न नेपाल वाहेक ताइवान, सिंगापुर, हङ्कङ् र थाइल्याण्ड लगायतका देशहरुवाट पनि भक्तजन आउने गरेका छन् ।

यस्तै, असनको अन्नपुर्ण देवीको मन्दिरमा पनि दैनिक जसो श्रद्धालुहरुको भिड लाग्ने गरेको छ । अन्नपुर्ण देविको पुजा गर्नाले दुःख कण्ठ मोचन हुने विश्वास श्रद्धालुमा रहदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...