बैद्यको बन्दमा बमको त्रास (फोटो फिचर)


नेकपा–माओवादीका सहितका ३३ आवह्न गरेको आम हड्ताल चलिरहेकाबेला सोमबार बिहानैदेखि राजधानीका विभिन्न ठाउँमा बमको त्रास देखियो ।

काठमाडौं र ललितपुरका दुई ठाउँमा प्रेसर कुकरमा राखिएको भुसले स्थानीयलाई त्रसित बनायो ।
राजधानीका केही स्थानमा बमजस्तै गरी नाटकीय शैलीमा राखिएका बस्तु फेला परे । यसरी फेला परेका वस्तुले बमकै जस्तो आतंक मच्चाए पनि नेपाली सेनाको बम डिस्पोजल टोली खटिएपछि बम नभएको पुष्टि भएको थियो । काठमाडौंको सिनामंगल, धापासी र ललितपुर उपमहानगरपालिकाको २२ नम्बर वडा कार्यालयमा बमजस्तै गरी नाटकीय शैलीमा राखिएका बस्तु फेला परे । काठमाडौको धापसीमा कागजभित्र प्रेसर कुकुर राखिएको थियो । बाहिर खतरासमेत लेखिएको प्रेसर कुकुरभित्र भने भुस भेटियो । त्यस्तै ललितपुर वडा नं २२ को कार्यालयमा नक्कली पे्रसरकुकर बम राखिएको थियो ।

काठमाडौंकै सिनामंगल पिंगलामा सोमबार दिउँसो शीशा र कागज बेरेर बमजस्तै गरी राखिएको थियो । शंकास्पद बस्तु देखिएपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । त्रास फैलाउनका लागि यस्ता वस्तु राखेको हुनसक्ने प्रहरीको भनाई छ । यसरी नाटकीय शैलीमा राखिएका शंकास्पद वस्तुले एकातिर सर्वसाधरणलाई त्रसित बनाएको छ भने अर्कोतिर सुरक्षा निकायलाई पनि समय र आर्थिक भार बढेको छ । देशका विभिन्न ठाउँमा बम भेटिएका खबर आइरहेकाबेला राजधानीमा यस्ता शंकाष्पद वस्तु कस्ले र किन राख्यो खुल्न सकेको छैन ।

नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले गरेको आमहड्तालका दिन काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भेटिएका नक्कली बम (फोटो फिचर)

, ,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...