प्यालेष्टाइनी नेता अराफतको मृत्युमा रेडियोएक्टिभ पोलोनियम मुख्य कारण

२१ कार्तिक । प्यालेष्टाइनी नेता यासिर अराफतको मृत्युमा रेडियोएक्टिभ पोलोनियम मुख्य कारण भएको खुलासा भएको छ ।

अराफातको जीवाशेष उत्खनन् गरी अध्ययन गर्दा सामान्य नागरिकको भन्दा १८ गुणा बढी पोलोनियमको मात्रा भेटिएपछि यस्तो खुलासा भएको हो । अराफातको सन् २००४ मा फ्रान्सको सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अराफत प्यालेष्टाइनीको हक र हितमा काम गरेका प्रमुख नेता थिए । सन् १९९० को दशकमा इजरायल र प्यालेष्टाइनबीच शान्तिवार्ता गराउन अराफतको महत्वपूर्ण भूमिका रहेको थियो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित अराफतको रहस्यमय मृत्युमा इजरायलीको हात रहेको हुनसक्ने प्यालेष्टाइनीहरुले आशंका गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...