फिलिपिन्समा आँधीका कारण हजारौ विस्तापित

२२ कार्तिक । फिलिपिन्सको सामार प्रँन्तमा आँधी आउने खतरा बढेसँगै हजारौं विस्थापित भएका छन् ।

फिलिपिन्सको मध्यभागतर्फ बढिरहेको आँधीको जोखिममा रहेका हजारौ मानिसहरुलाई सुरक्षित स्थानहरु तर्फ सार्ने क्रम जारी छ । २८० किलोमिटर प्रति घण्टाको वेगसहितको हैयान नामक आँधी प्यासिफिक महासागरबाट फिलिपिन्स तर्फ अघि बढेको छ । फिलिपिन्समा योलान्दा नाम दिइएको यस आँधी फिलिपिन्समा पुग्दा वेग घटेर २४० किलोमिटर प्रतिघन्टा हुने भए पनि यो शक्तिसाली नै हुने भनिएको छ । यस आंधीको व्यास निकै ठूलो भएकाले फिलिपिन्सको दुइ तिहाइ भागमा असर गर्ने अनुमान लागिएको छ । आँधीको सूचना पाउन साथ जोखिममा रहेका दुई हजार पाँच सयभन्दा बढी मानिसहरुलाई विस्थापित गरि तक्लोबान सहरमा लैजाने क्रम जारी छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...