जिल्लामा दलहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घन

२० कार्तिक । संविधानसभा चुनाव प्रचार प्रसारका क्रममा झापामा क्रियाशिल राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेको मानवअधिकारकर्मीहरुले बताएका छन् ।

कात्तिक १६ गतेदेखि १८ गते ३ दिनसम्म विभिन्न राजनीतिक दलले गरेका कार्यक्रमहरुमा आचारसंहिता उलंघन गरेको भेटिएको विर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएका हुन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान, आइडिएफ नेपाल र मानवअधिकार डेक्सले पत्रकार सममेला गरी दलका उम्मेद्वार र पार्टीले सार्वजानिक ठाउँमा फ्ल्याक्स बोर्ड, पोस्टर र निर्वाचन चिन्ह प्रयोग गरी देउसिभैलो खेल्ने लगायतका काम गरेर आचारसंहिता उल्लङ्घन गरेको जानकारी दिइएको हो । उनहिरुले अनुगमनका क्रममा पाइएको रिर्पोट निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...