पुष्प ब्यापार मेलामा २० लाख रुपैयाको व्यापार

१८ कार्तिक । पोखरामा आयोजित दोस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी एबं पुष्प ब्यापार मेला २० लाखको कारोबार गर्दै सकिएको छ ।

चार दिन सम्म चलेको मेलामा २० लाख बराबरको फुलको कारोबार भएको र करिब १५ हजार दर्शक भित्रिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन कास्कीले जनाएको छ ।

तिहारको अवसरमा आयोजित मेलामा १५ रुपैया देखि एक लाख ५० हजारसम्ममा फुलका विरुवा बिक्रि एबं प्रदर्शनीमा राखिएको थियो । तिहारको लागि आबश्यक फुल किन्नेहरुको लागि मेलाले सहज बनाईदिएको आयोजकको दाबी छ ।


स्थानिय स्तरमा उत्पादन बढेपछि यसपालि पोखरामा बिदेशी फुलको आयत घटेको छ । कास्कीमा ब्यबसायीक फुल खेतिगर्नेको संख्या बढेपछि छिमेकी देश भारतबाट हुने फुलको आयातमा समेत कमी आएको हो ।


गत बर्ष तिहारको लागि करिब २ लाख ५० हजार भारतीय माला भित्रिएको पोखरामा यस बर्ष ५० हजार मात्र माला भित्रिने फ्लोरिकल्चर एसोसिएसन कास्कीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...