चुनाव प्रचार प्रसारको गाडी तोडफोड, ट्रकमा आगजनी

१६ कार्तिक । दाङको क्षेत्र नम्बर १ का संघीय समाजवादी पार्टीका तर्फबाट संविधानसभा सदस्यका उम्मेदवार प्रकाश चौधरीको प्रचार गाडीमा तोडफोडको प्रयास भएको दाङ प्रहरीले जनाएको छ ।
देउखुरीको सतबरीया ५ मा पार्किङ गरिराखेको लु १ ज २७७ नम्बरको जिपमा गएराती अज्ञात समुहले तोडफोडको प्रयास गरेको हो ।

उक्त समुहले गाडीको सिट च्यात्नुका साथै गाडीमा रहेको झण्डा निकालेर फालेको वडा प्रहरी कार्यालय लमहिका प्रमुख प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

यस अघि एमालेका उमेदवार शंकर पोख्रेल, उत्तरकुमार वली र शान्ता चौधरीका साथै नेपाली कांग्रेसकी शुशिला चौधरीको चुनाब प्रचार प्रचारमा प्रयोग गरिएको गाडिमा आगजनी गरिएको थियो ।
यसैबीच, अज्ञात समुहले मालबहाक ट्रकमा पनि आगजनी गरेको छ ।

घोराही लमहि सडक खण्डको लक्ष्मीपुर १ मसोट खोला नजिकै, दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगका लागि खरानी लिएर आउदै गरेको युपी २७ टि २९७१ नम्बरको भारतिय ट्रकमा गएराति आगजनी गरेको हो । आगजनीबाट ट्रक पुरै जलको छ । घटनाबारे अनुसन्धान जारी रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शरदकुमार खत्रीले जानकारी दिनुभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...