चिनियाँ कम्युनिष्ट पार्टीको चार दिने वैठक शुरु

२३ कार्तिक । चीनको बेइजिङमा राजनीतिक आर्थिक विकास लगायतका विभिन्न एजेण्डामा छलफल गर्न आजदेखि चिनियाँ कम्युनिष्ट पार्टीको चार दिने वैठक शुरु भएको छ ।

यो बैठकले आगामी दशकमा चीनले आर्थिक एवं राजनितिक विकासका लागि नीतिहरु तय गर्ने अपेक्षा गरिएको छ । स्थायी समितिका सदस्यसहित ३ सय ७६ केन्द्रिय सदस्य सहभागी हुने तेस्रो प्लेनम नामले चिनिने यस बैठकमा विभिन्न क्षेत्रमा गरिने सुधारका निर्णयहरु लिइने अपेक्षा गरिएको छ । बैठकबाट आर्थिक क्षेत्रमा अपनाइने लचकता, राज्य नियन्त्रित उद्योेग–व्यवसाय, घरजग्गा र निजी सम्पत्तिमाथि राज्यको नियन्त्रर्णलगायत विषयमा दिइने स्वतन्त्रता जस्ता विषयमा निर्णय हुनसक्ने अनुमान गरिएको छ । नोभेम्बर ९ देखि १२ सम्म चार दिन चल्ने यस बैठकले नयाँ सरकारले आगामी दश वर्षको लागि नीति तय गर्ने जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...