कार बागमती नदीमा खस्यो, २ जनाको मृत्यु

२७ कार्तिक । काठमाडौको तीलगंगामा मंगलबार राति भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

त्रिभुवन विमानस्थलतर्फबाट आएको बा ८ च ३०४० नम्बरको हुन्डाई आइ टेन कार तीलगंगा पुलबाट तल खस्दा विमल गिरी र पुष्पा गिरीको मृत्यु भएको हो । दुर्घटनामा लीला ढकाल, विपना क्षत्री र नारायण मैनाली गंभीर घाईते भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...