एभरेस्टमा देउसी भैलो कार्यक्रम

कार्तिक । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा एभरेस्ट इंगलिस स्कुल मिवाछेंमा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमै देउसी भैलो कार्यक्रमको आयोजना गरे ।

विद्यार्थीहरु रक्षा अरुण कँडेल, दिक्षा देवकोटा, क्रिशा सुवाल, सुवाश नायजुले कार्यक्रम प्रस्तुत गरेका थिए भने अरु विद्यार्थीहरुले गीत, नृत्य, नाटक र हँस्यौली प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीह्रुले धिमे बाजा पनि बजाएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...