हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार सुरु

१५ कार्तिक । शुक्रबारबाट हिन्दू धर्मावलम्बीहरुको दास्रो ठूलो चाड तिहार सुरु भएको छ । शुक्रबारको दिनलाई यमपञ्चकको पहिलो दिन पनि भनिन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहार कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । तिहारको पहिलो दिन अर्थात यमपञ्चकको पहिलो दिन शुक्रबार सूचनाको बाहकका रूपमा लिइने कागको पुजा आराधना गरिँदैछ ।

पुराणमा उल्लेख भए अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँच दिनसम्म पाहुना भई बस्ने र बहिनीबाट पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भातृस्नेहलाई प्रगाढ बनाउने हुनाले तिहारलाई यमपञ्चक पनि भनिएको हो । शुक्रबार विहान धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विभिन्न खानेकुरा खुवाईन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...