सामुदायीक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति

१५ कार्तिक । एभरेस्ट इंगलिस स्कुल मिवाछेंले विगतका वर्षहरुमा झैं यो वर्षपनि भक्तपुरकै गुण्डु गाविसमा रहेको श्री भैरव निम्न मावि (सामुदायीक विद्यालय) का १३ जना गरीव तथा जेहेन्दार विद्यार्थीलाई जनही १ हजार ५०० रुपैयाँका दरले २७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

यसैगरि सो विद्यालयमा अध्ययन गरि माथिल्लो तहमा पढीरहेका ३ जना विद्यार्थीलाई क्रमशः २ हजार, २ हजार ५ सय र ३ हजार रुपैयाँ पनि दिएको छ । एभरेस्ट स्कुलमा शुक्रबार आयोजित कार्यक्रममा एभरेस्ट स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी तथा भाईस प्रिन्सिपल कमलादेवी राजभण्डारीले ती विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गर्नुभएको हो ।

यसरी जनही १ हजार ५०० रुपैयाँका दरले छात्रवृत्ति रकम पाउने विद्यार्थीहरुमा रोशनी श्रेष्ठ, निरुता तामांग, कञ्चन भट्टराई, अमृता थापा, सुनिता तामांग, रोशनी तामांग, अनु तामांग, अञ्जली तामांग, विनय तामांग, आशुकि तामांग ( सुजता), अर्जुन तामांग, लक्ष्मी श्रेष्ठ र रञ्जना गाइँसी छन् । यसैगरि २ हजार रुपैयाँ पाउनेमा प्रमिला तामांग, २ हजार ५०० पाउनेमा रवि तामांग र ३ हजार रुपैयाँ छात्रवृत्ति पाउनेमा अन्जना प्रधान छन । एभरेस्ट इंगलिस स्कुलले यस किसिमको छात्रवृत्ति विगत ५ वर्षअघिदे िदिँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...