राजनीतिक दलबाट चुनावी प्रचारलाई तीब्रता

१६ कार्तिक । संविधानसभाको चुनाव आउन तिन साता भन्दा कम समय बाँकि रहंदा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्न उपत्यकामा पनि दलहरु विहानै देखि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । जसअनुसार शनिबार पनि नेपाली कांग्रेस, एमाओवादी, नेकपा एमाले, राप्रपा र राप्रपा नेपाल लगायतका दल र स्वतन्त्र उम्मेद्वारले चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।
चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्दै उम्मेद्वाहरुले घरदैलो, चियापान जस्ता कार्यक्रम गरिरहेका छन । यहि क्रममा नेपाली कांग्रेसका प्रकाशमान सिंहले बुद्धनगर, नेकपा एमालेका रामवीर मानन्धरले बनस्थली, राप्रपा नेपालका उम्मेद्वार संजय श्रेष्ठले गोगंबु लगायतका क्षेत्रमा चुनाव प्रचार गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...