एमाओवादीले बहुमत ल्याए मात्र संविधान बन्छः प्रचण्ड

२० कार्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी संविधानसभा चुनावमा आफ्नो पार्टीले बहुमत ल्याए मात्रै संविधान बन्ने दाबी गर्नुभएको छ ।

मेची–महाकाली चुनावी जागरण अभियान अन्तर्गत बुधबार झापाको बिर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कांग्रेस, एमालेलगायतका दलले पटक–पटक सत्ताको जिम्मेवारी लिएपनि जनताको हितमा काम नगरेकाले आफ्नो पार्टीलाई बहुमत दिन आग्रह पनि गर्नुभयो । कार्यक्रममा नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पहिलो संविधानसभाले संविधान दिन नसक्नुमा कांग्रेस र एमाले मुख्य जिम्मेवार रहेको आरोप लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...