दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकाको सामना गर्दै

२७ कार्तिक । आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोट चरणको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज अमेरिकाको सामना गदैछ ।

यसअघि हिजो भएको युएइ विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । कप्तान पारस खड्काले सानदार इनिङ्ग खेलेपछि नेपालले १ सय ३९ रनको चुनौती ३ बल अगाबै ५ विकेट गुमाएर पूरा गरेको हो ।

पारसले ६२ बलमा अविजित रहँदै ८५ रनको योगदान दिएको इनिङ्गमा उपकप्तान ज्ञानेन्द्र मल्लले २५ तथा सुवास खकुरेलले १४ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनायो ।

खुराम खानले सर्वाधिक ५५ रन बनाएको इनिङ्गमा जितेन्द्र मुखियाले ३ विकेट लिए । यस्तै पारस खड्का, अमृत भट्टराई, बसन्त रेग्मी र सागर पुनले समान १९१ विकेट झारे ।

१६ टिम सहभागी रहेको विश्व ट्वेन्टी ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा कार्तिक २९ गते नेपालले डेनमार्कको सामना गर्दैछ ।

समुह ‘बी’ मा रहेको नेपालसँगै डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान छन् । प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्न पाउने छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...