संविधानसभाको चुनाव हुन नदिने गजुरेलको दाबी

२१ कार्तिक । नेकपा–माओवादीका सचिव सीपी गजुरेलले मंसिर ४ गतेको चुनाव हुनै नदिने दावी गर्नु भएको छ ।

काठमाडौमा विहीबार भएको कार्यक्रममा उपाध्यक्ष गजुरेलले मंसिर ४ को चुनाव प्रायोजित भएकाले कुनै हालतमा सफल हुन नदिने चेतावनी दिनुभयो । गजुरेलले यदि जवरजस्ती चुनाव भएर संविधान जारी भए नेकपा–माओवादीले त्यसलाई अस्वीकार गर्ने बताउनु भयो ।
उपाध्यक्ष गजुरेलले ठूला दलले आफ्नो हैसियत विर्सदा विदेशी शक्तिहरुले नेपाललाई चलखेल गर्ने मैदान बनाएको टिप्पणी गर्नुभयो ।
गजुरेलले विदेशीले शक्तिहरुले आफ्नो सीमा नाघेर नेपाली राजनीतिमा हस्तक्षेप गर्न खोजेको भन्दै तत्काल यस्ता गतिविधि रोक्न आग्रह गर्नुभयो । उहाँले कसैको दवावमा पनि माओवादीले चुनाव बहिष्कारकालागि तय गरेका कार्यक्रम परिवर्तन नहुने दाबी समेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...