माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद नसिद पुनः विजयी

२४ कार्तिक । माल्दिभ्समा सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा पूर्व राष्ट्रपति मोहम्मद नसिद विजयी भए पनि स्पष्ट बहुमत नआएकाले दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा मोहम्मद नसिदले ४६ प्रतिशत, अब्दुल्ला यमिनले ३० प्रतिशत र गसिम ईब्रँहिमले २३ प्रतिशत मत पाएका छन् । अब दोस्रो चरणको निर्वाचनमा मोहम्मद नसिद र अब्दुल्ला यमिनबीच प्रतिस्पर्धा हुनेछ । सर्वोच्च अदालतले यही नोभेम्बर १६ मा दोस्रो चरणको राष्ट्रपतीय चुनावको मिति तोकेको छ ।

योसँगै माल्दिभ्समा भएका तीन वटा राष्ट्रपतीय चुनाव प्रयास खेर गएका छन् । यसअघि पहिलो पटक सेप्टेम्बर ७ मा भएको चुनावमा पनि स्पष्ट बहुमत नभएकाले सर्वोच्च अदालतले चुनावी नतिजा खारेज गरिदिएको थियो । त्यसपछि अक्टोबर १९ मा हुने भनिएको चुनाव अन्तिम समयमा प्रहरीले रोकेको थियो । माल्दिभ्सका वर्तमान राष्ट्रपति मोहम्मद वासिदको पदावधी भोलि सकिदैछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...