आर्सनलसँग लिभरपुल पराजित

१७ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत लिभरपुललाई पराजित गर्दै आर्सनलले ५ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा आर्सनलले शीर्ष स्थानको होडमा रहेको लिभरपुललाई दुई सुन्य गोल अन्तरले पराजित गरेको हो । जितपछि शीर्È स्थानमा रहेको आर्सनलको १० खेलबाट २५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट २० अंक छ भने लिभरपुल २० अंकका साथ तेस्रो स्थानमा छ । आर्सनलले खेलको १९औं मिनेटमा सान्टी कार्जोलाको गोलबाट अग्रता लिएको थियो । ५९औं मिनेटमा आरोन राम्सीले आर्सनलको अग्रता दोब्बर पारे ।

अर्को खेलमा म्यानचेष्टर सिटीले नरविचलाई सात सुन्य गोल अन्तरले पराजित गरेको छ । म्यानचेष्टरका लागि सिल्भा ,नासास्टिक, नेग्रडो, याया टोरे, अगोएरो र जेकोले एक एक गोल गरे । गए राति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले फुलह्यामलाई तिन एक गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि वाइने रुनी ,रोबिन भान पर्सी र भ्यालेन्सियाले एक एक गोल गरेका थिए । सिटी १९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ भने युनाइटेड आठौं स्थानमा छ । इंग्लिस प्रिमियर लिगकै अर्को खेलमा न्यूक्यासलले चेल्सीलाई पराजित गरेको छ । गएराति भएको खेलमा न्यूक्यासलले चेल्सीलाई दुई सुन्य गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा न्यूक्यासलले ६८औं मिनेटमा योएन गुफानको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा चेल्सीलाई दबावमा राखेको न्यूक्यासलले ८९औं मिनेटमा रेमीले गोल गरे । यो जितसंगै न्यूक्यासलले १० खेलबाट १४ अंक पाएको छ भने चेल्सीको समान खेलबाट २० अंक छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...