चुनावी प्रचार–प्रसारको गाडीमा आगजनी

१५ कार्तिक । एकिकृत नेकपा माओवादी सुनसरी क्षेत्र नंम्बर २ र मोरङ क्षेत्र नंम्बर ८ का उम्मेद्वारको चुनावी प्रचारप्रसारमा प्रयोग भएका गाडी अज्ञात समूहले तोडफोड गर्नुका साथै आगजनी गरेको छ ।

एमाओवादी सुनसरी क्षेत्र नंम्बर २ की उम्मेद्वार रामकुमारी चौधरीले प्रयोग गरेको को १ च ५८५१ नम्वरको बोलेरो गाडी अज्ञात समूहले आगजनी गरेको हो । आगजनीको कारण गाडीको अघिल्लो भाग पुरै क्षतिग्रस्त भएको छ ।

उम्मेद्वार चौधरीको सवारीसाधन इटहरी विपिचोक स्थित डेरा अगाडि रोकिराखेको अवस्थामा आगजनी भएको हो । त्यस्तै मोरङ क्षेत्र नंम्बर ८ का एनेकपा माओवादीका उम्मेद्वार गोपी अछामिको को १ च ६२७२ नंम्बरको गाडीमा समेत आगजनी भएको छ । उम्मेद्वार अछामिको इन्द्रपुर ३ स्थित निवासनजिकै राखेको गाडीमा आगजनी भएको हो । दुवै घट्नामा प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

यसैवीच बन्दको अवज्ञा गरेको भन्दै नेकपा माओवादीका कार्यकर्ताले नवलपरासीको पुरानो कावासोती बजारमा एक ट्रकमा आगजनी गरेका छन् । कावासोतीबाट बुटवलतर्फ जादै गरेको ना २ ख ९८७२ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको अघिल्लो भाग पुरै जलेको छ । प्रहरीका अनुसार केही युवाहरुको समूह आएर ट्रकमा आगो लगाई भागेका थिए ।

त्यसैगरी नवलपरासीको हर्कटामा शुक्रबार विहान अज्ञात समूहले दुई वटा सवारी साधनमा तोडफोड गरेको छ । शुक्रबारै कपिलवस्तुको बरकलपुरमा अर्को ना ४ ख २६५० नम्बरको ट्रक अज्ञात समूहले आगजनी गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...