ओबामा र इराकी प्रधानमन्त्रीबीच भेटवार्ता

१६ कार्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामा र इराकी प्रधानमन्त्री नुरि–अल मलिकीबीच इराकमा फैलिएको हिंसा अन्त्यका विषयमा छलफल भएको छ ।

अमेरिकामा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति ओबामा र इराकी प्रधानमन्त्री मलिकीबीच पाँच वर्ष यताका हिंसात्मक घटना न्यूनिकरणका विषयमा छलफल भएको बताइएको छ । इराकमा केही साता यता मात्र भएका श्रृंखलाबद्ध बम विस्फोटमा सयौं सर्वसाधारण मारिएका छन् । अमेरिकी राष्ट्रपति ओबामाले इराकमा अलकायदालाई परास्त गर्न अमेरिकाले सधै सहयोग गर्ने बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...