भातरमा तीन नेपाली विद्यार्थीबाट आत्महत्या


१६ कार्तिक । नेपालबाट चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्ने शिलशिलामा भारत गएका तीन जनाले आत्महत्या गरेका छन् । एक महिनाको अवधिमा उनीहरुले आत्महत्या गरेका हुन् ।


अध्ययनका क्रममा भारतको लक्ष्मनगर पुगेका विद्यार्थीले अपेक्षा गरेजस्तो सफलता प्राप्त गर्न नसकेपछि उनीहरुले आत्महत्या गरेको अनुमान गरिएको छ । शुक्रबार साँझ मोरङ घर भएका जीवन थापाले गुरुद्धारा नजिकै भाडाको कोठामा झुण्डिएर आत्महत्या गरेका छन् ।

उनीसँगै सीए अध्ययन गर्ने सञ्जीव तिमिल्सिनाका अनुसार इन्टरमेडिएट तहमा ३ पटक फेल भइसकेका थापाको अर्को परीक्षा आगामी बुधबारदेखि सुरु हुँदै छ ।

केही दिन अघि मात्र पनि उदयपुरका सविन्द्र राईले घरको छटबाट हाम फालेर आत्महत्या गरेका थिए भने म्याग्दीका विक्रम कार्कीले पनि ज्यान गुमाएका थिए ।

दिल्लीको लक्ष्मीनगरमा सीए पढ्न गएका नेपाली विद्यार्थीको संख्या मात्र १५ हजारभन्दा बढी छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...