कम्युनिष्टबाट देशको विकास असम्भवः रिजाल

२५ कार्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले कम्युनिष्टबाट देशको विकास असम्भव रहेको आरोप लगाउनु भएको छ ।

नेपाली काँग्रेस मकवानपुरले हटियामा गरेको चुनावी सभामा नेता रिजालले कम्युनिष्ट शासित देशमा विकास सम्भव नहुने उदाहरण नेपाल नै भएको बताउनुभयो । काँग्रेसले थालेको विकास अभियानमा एमाले र एकिकृत माओवादीले बाधा पु¥याएको भन्दै रिजालले एमाओवादीले बन्दुकको आडमा र एमालेले संसदमै विरोध गरेको नेता रिजालले बताउनुभयो । लोकतन्त्र र विकासका लागि कम्युनिष्टहरुलाई पाखा लगाउनु जरुरी रहेको भन्दै रिजालले आगामी संविधानसभामा जनताले सत्यको पक्षमा मत हाल्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...