फिलिपिन्समा आँधीमा परी १ सय जनाको मृत्यु

२३ कार्तिक । फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।

आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन् । उद्धारकर्मीहरू आँधी प्रभावित शहरमा पुग्ने प्रयासमा रहेपनि मौसम प्रतिकुल भएकाले उद्धारमा कठिनाई भएको जनाइएको छ । २८० किलोमिटर प्रति घण्टाको वेगमा आएको हैयान नामक आँधी प्यासिफिक महासागरबाट फिलिपिन्स तर्फ अघि बढेको थियो । आँधीका कारण केही सहरमा विद्युत र सञ्चार सेवासमेत अवरूद्ध भएको छ । आँधीका कारण केही शहर जलमग्न भएका छन् । यस आँधीलाई संसार कै सबै भन्दा ठूलो भएको जनाइएको छ । आँधी भियतनाम तर्फ अघि बढेको मौसमविद्हरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...