सफल पोखरा कप:उपाधिको लागी मनाङ र थ्रीस्टार भिड्दै

१६ कार्तिक । सफल पोखरा कप फुटवल प्रतियोगितामा आज उपाधिको टुंगो लाग्दैछ ।


कार्तिक ५ गतेदेखि पोखरा रंगशालामा जारी खेलमा उपाधीका लागि आज गत सालको विजेता मनाङ मस्र्याङ्दी क्वल र राष्ट्रिय लिग च्याम्पियन थ्रिस्टार क्लव आमने सामने हुँदैछन् । तेस्रो संस्करणमा दोस्रो पटक यी दुई टीम आमनेसामने भएका हुन् ।

घरेलु फुटवलका दुई शीर्ष टोली भएकाले मनाङ र थ्रिस्टारबीचको खेल प्रतिष्ठाको लडाइँ पनि हुनेछ । मनाङले दोस्रो सफल पोखरा कपमा मच्छिन्द्र क्लवलाई पराजित गरी उपाधि जितेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...