यसरि गर्नुहोस महिलाहरुलाई आकर्षित


दैनिक हजारौं लाखौंको संख्यामा महिला तथा पुरुषहरु अनलाइन डेटिङ्ग साइटहरुमा प्रवेश गर्छन । यिनै अनलाइन साइटहरुको माध्यमबाट कतिपयाले त आफ्नो जीवनसाथी पनि छान्छन । तर के तपाईलाइ थाहा छ कि यस्ता साइटहरु जोइन गर्ने समयमा केहि खास कुराहरुलाई ध्यान पुर्याउनु पर्छ । आज हामी तपाईलाई बताउँछौं कि कसरि अनलाइन डेटिङ्ग साइटहरुमा आफ्नो प्रोफाइल बनाएर महिलाहरुलाई आकर्षित गर्न सकिन्छ ।

स्पेसको भरपुर र सृजनात्मक उपयोग गर्नुहोस ।
अनलाइन डेटिङ्ग साइटहरुको स्पेसको भरपुर प्रयोग गर्नुहोस आफ्नो पुरा विवरण भर्नुस । यदि तपाई यसो गर्नुहुन्न भने महिलाहरु तपाइलाई कुनै पनि हिसाबले भाउ दिंदैनन यो महत्वपुर्ण तथ्य हो । यसको अलावा अनलाइन डेटिङ्ग साइटहरुमा प्रोफाइल बनाएपछि कयौं महिलाहरुको इमेल आउन सक्छ. जसमा तपाइलाई वेबक्याममा बोलाउने र पैसा माग्ने गर्न सक्छन । यस्ता इमेललाई इग्नोर गर्नुहोस ।
अनलाइन डेटिङ्ग साइटहरुमा जति विवरण र फोटो राख्ने सुविधा छ. सबैलाई पुरा गर्नुहोस । सकेसम्म राम्रो राम्रो फोटोको प्रयोग गर्नुहोस । साइटमा सोधिएको सबै प्रश्नको जवाफ दिने गर्नुहोस । उपलब्ध स्पेसलाई सकेसम्म सृजनात्मक तरिकाले प्रयोग गर्नुहोस ।

राम्रो फोटोको प्रयोग गर्नुहोस ।
यदि तपाइको प्रोफाइल फोटो राम्रो छ. भने महिलाहरु त्यतिकै पनि आकर्षित भएर तपाईसंग चाडै नै जोडिन सक्छन । अझ रोमान्चित बनाउने फोटोप्रति त महिलाहरु झनै छिटो आकर्षित हुन्छन । तपाईको मेसेजको जवाफ पनि चाडै नै दिन सक्छन ।

कुनै साहसिक कार्य जस्तै रक क्लाइम्बिंग, र्याफ्टिंग, स्काईड्राइभिङ्ग, बन्जी जम्प आदि गर्दै गरेको वा जनावरहरुसंगको वा रमणीय ठाउँको फोटोलाई प्रोफाइल फोटोको रुपमा प्रयोग गर्नु उत्तम ठानिन्छ । किनकि यस्ता फोटोहरुले तपाइँलाई अरुभन्दा अलग बनाउन मद्दत गर्दछ र महिलाहरुले पनि यस्ता अलग किसिमका प्रोफाइल सबैभन्दा अगाडी खोल्ने गर्छन ।

सबैभन्दा राम्रो फोटोलाई सबैभन्दा अगाडी राख्नुहोस ।
कुनै पनि महिलाले चाहंदैनन कि उनको जीवनसाथि अव्यवस्थित होस् । त्यसैले आफुलाई व्यवस्थित र ह्यान्डसम देखाउनका लागि वेल ड्रेस्ड र राम्रो फोटो सबैभन्दा पहिला लगाउनुहोस, ताकि फोटोले नै पनि महिलालाई इम्प्रेस गर्न सकोस ।
एउटामात्रै नराम्रो फोटोले पनि तपाइको पुरै प्रोफाइललाई खराब पर्न सक्छ । तपाईको इम्प्रेसनलाई बिगार्न सक्छ । त्यसैले एकदमै सोचेर सबैभन्दा राम्रो फोटो प्रोफाइलमा राख्नुहोस ।

सृजनात्मक हेडीङ्ग लेख्नुहोस ।
महिलाहरुले तपाइको फोटोसंगै तपाईले फोटोलाई दिनुभएको हेडीङ्ग पनि हेर्छन ।त्यसैले महिलालाई आकर्षित गर्ने खालको हेडीङ्ग लेख्नुहोस, ताकी महिलाले तपाईको प्रोफाइल खोलेर हेरुन ।
सृजनात्मकताको भरपुर उपायोग गर्नुहोस र अरुको भन्दा अलग किसिमको तर आकर्षक हेडिंग लेख्नुहोस, ताकी महिलाहरुले तपाइको हेडिंगको जवाफ फर्काउन समय नलगाउन ।

सामान्य किसिमका गल्ति पनि नगर्नुहोस ।
प्रोफाइल निर्माण गर्दा कुनै पनि सामान्य खालको पनि गल्ति नगर्नुहोस । सामान्यत: प्राय:ले स्पेलिंग मिस्टेक धरै गर्ने गरेको पाइन्छ । तर त्यसो गर्नु ठुलो गल्ति हुन जान्छ । किनकि महिलाहरुलाई यस्तो किसिमको गल्ति बिल्कुलै मन पर्दैन । यदि तपाईलाई स्पेलिंगमा शंका छ भने स्पेल-चेकिंग प्रोग्रामहरुको सहायता लिएर पनि सुद्ध बनाउन सक्नु हुन्छ ।

यी पांच टिप्सहरुलाई पछ्याएर अनलाइन डेटिङ्ग साइटहरुमा महिलाहरुलाई आफ्नोतर्फ आकर्षित गर्न सक्नुहुन्छ । जसले गर्दा तपाइको अनलाइन डेटिङ्ग पनि रमाइलो बन्छ भने महिलाहरुलाई तपाइको प्रोफाइल खोल्न पनि करै लाग्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...