
कुरा प्राचिन समयको हो, जब मानिसहरु भर्खरै सभ्य समाज बनाएर बस्न थालेका थिए । र भर्खरै अंग्रेजी भाषाको पनि प्रभाव बढ्दै थियो ।
यस्तैमा एक जोडी प्रेमी-प्रेमिकाले आफ्नो बिबाह नहुने देखेपछी, आफ्नो जिन्दगिदेखि नै हार खाएर मर्ने योजना बनाएर पहाडको टुप्पामा गए । केटाले आफ्नो पिठ्युँमा झोला भिरेको थियो जुन झोलाभित्र केहि राखिएको थियो ।
केटा : (पहाडको टुप्पामा पुगेपछि ) लौ त प्रिया अब पहिला म हाम फाल्छु, अनि तिमि हाम फाल है ।
केटि : हुन्छ प्रिय ! पहिला तिमि हाम फाल त्यसपछि मा हाम फाल्छु ।
केटा : ल त प्रिया बिदा देउ ! शायद हामी अर्को जुनीमा मिल्छौ होला ।
केटीले रोएको जस्तो गरिन । जब केटा हाम फल्यो तुरुन्तै केटीले तालि बजाइन । केटीले तालि बजाएको सुन्नेबित्तिकै अर्को केटा त्यहाँ देखा पर्यो । दुवै जना अंगालो मारेर पहाडको तल आए ।
तल आइपुग्ने बित्तिकै दुबैले देखे कि उनीहरुको माथि एउटा प्याराशुट उड्दै थियो । जसमा केटीको पहिलो ब्वोईफ्रेण्ड थियो र भन्दै थियो "मलाई थाहा थियो बोक्सी तैले मलाई धोका दिन्छेस भनेर त्यसैले मैले यो प्यारशुट बोकेर आएको थिएँ ।"
त्यस दिनपछी जे गर्नु परे पनि केटीहरुलाई अगाडी लगाउन मानिसहरुले 'लेडिज फर्स्ट.... लेडिज फर्स्ट ...' भन्न थाले । बिस्तारै यसले दुनियाँमा भाइरल रुप लियो र दुनियाँमा नै यसको सुरुवात भयो ।
No comments:
Post a Comment