२६ मंसिर । काठमाडौंमा जारी एनसेल कप फुटबल प्रतियोगितामा बुधबार थ्रीस्टार ब्वाईज युनियन क्लब भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजेपछि हुने खेलमा यी दुई क्लब आमनेसामने हुन लागेका हुन् । यसअघि हिजो भएको खेलमा मच्छिन्द्र क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको राजीव गुरुङले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए ।
उनले कृष्ण शाक्यको सटिक पासमा बललाई जाली चुमाए । तर खेलको ७३ औँ मिनेटमा मच्छिन्द्रका लागि अमर सुब्बाले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेटमा दुवै टोलीले एक–एकको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको २८ औं मिनेटमा संकटाका लागि कोमल खबासले गोल गर्दै टोलीलाई जित दिलाए । खेलमा दुवै टोलीले गोल गर्ने सुनौलो मौका पाएपनि चुकेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment