विश्व इतिहासमा स्वतन्त्रता संग्रामका महान योद्धा मण्डेला हुन्

२६ मंसिर । विभिन्न देशका नेताहरुले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला विश्व इतिहासमा स्वतन्त्रता संग्रामका महान् योद्धा भएको बताएका छन् ।

जोहानेसबर्गको एफएनबी रंगशालामा मण्डेलाको स्मृतिसभामा सम्बोधन गर्दै विश्वका विभिन्न देशका नेताहरुले मण्डेलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको चर्चा गरेका हुन् । स्मृतिसभामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मण्डेलालाई महात्मा गान्धीसँग तुलना गर्दै उनीसँग सिद्धान्तका लागि सम्झौता नगर्ने विशेषता रहेको बताए ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, अमेरिका, बेलायत, इजरायल, ब्राजिल, भारत, क्युवा लगायत एक सयभन्दा बढी मुलुकका वर्तमान तथा भूतपूर्व राष्ट्र तथा सरकार प्रमुख स्मृतिसभामा सहभागी छन् । पछिल्ला वर्षहरुमा विश्वभरका यति धेरै नेता कुनै पनि स्मृतिसभामा भेला भएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...