आफ्नै परिवारका तीन जनामाथि खुकुरी प्रहार

२ पुस । कैलालीको मध्य क्षेत्रमा पर्ने मसुरिया गाविस–४ लिक्मा गाउँमा सोमबार अपरान्ह एक व्यक्तिले आफ्नै बुबा, आमा र छोरालाई खुकुरी प्रहार गरी घाइते तुल्याएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २९ वर्षीय गोपाल देउवाले आफ्ना बुबा उद्धव देउवा, ५५ वर्षीया आमा द्रोपती र १२ वर्षीय छोरा विदुरलाई एकपछि अर्को गर्दै खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट तीनै जनाको शरीरका विभिन्न अङ्गमा गम्भीर चोट पुगेको छ । घाइतेहरूलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिएको छ । बालक बिदुरको नाकबाट निरन्तर रक्तश्राव भइरहेकाले उनको अवस्था बढी गम्भीर रहेको छ ।
मानसिक अवस्था ठिक नभएको भनिएका गोपाललाई मसुरिया प्रहरीले पक्राउ गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...