बंगलादेशका एक इस्लामिक नेतालाई फाँसी दिइयो

२८ मंसिर । बंगलादेशमा इस्लामी पार्टी जमात ए इस्लामीका नेता अब्दुल कादिर मुल्लालाई मृत्युदण्ड दिएपछि त्यहा प्रर्दशन शुरु भएको छ ।


हिजोमात्रै त्यहाँको सर्वोच्च अदालतले मुल्लाको अपील खारेज गरी मृत्युदण्डको सजायलाई सदर गरेको थियो । अदालती फैसला लगत्तै मुल्लालाई गएराती फाँसि दिईएको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । मुल्लाको फाँसि पछि राजधानी ढाका लगाएत शहरहरुमा प्रर्दशन भएको प्रर्दशनका क्रममा केही मारिएका छन् भने धेरै घाईते भएका छन् । प्रर्दशन दबाउन बंगलादेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सन् १९७१ को युद्धकाबेला आमहत्या र नरसंहारको आरोपमा मुल्लालाई मृत्यदण्डको सजाय सुनाईएको थियो । मुल्लाले फैसला विरुद्ध अन्तिम अपिल गर्नुभएकोमा अदालतले पुरानै फैसलालाई सदर गरेको हो । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्रामको क्रममा ३० लाख मानिसको हत्या हुनुमा मुल्लालाई मुख्य जिम्मेवार ठहर गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...