भारतमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी लोकपाल विधेयक पारित

३ पुस । भारतीय संसदको माथिल्लो सभामा राज्यसभाले भ्रष्टाचार नियन्त्रण्ँ सम्बन्धि लोकपाल विधेयक पारित गरेको छ ।

विधेयकको पक्षमा भारतमा प्रायः सबै प्रमुख राजनीतिक दलबीच मतैक्यता देखापरेको छ । भारतीय कानुनमन्त्री कपिल सिब्बलले माथिल्लो सभामा ऐतिहासिक विधेयकमा छलफल भएपछि पारित भएको बताए । संसदको तल्लो सभा लोकसभामा यो विधेयक आज प्रस्तुत हुनेछ । त्यहाँ पनि यो विधेयक पारित भएमा त्यसमा राष्ट्रपति प्रणव मुखर्जीले हस्ताक्षर गर्नेछन् र त्यो कानुन हुनेछ । भारतका गान्धीवादी नेता अन्ना हजारेले विधेयक पारित भएमा मात्र आफूले आमरण भोकहडताल अन्त्य गर्ने बताएका छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...