समानुपातिक उमेद्वारको नाम पठाउने समय थप गर्न प्रचण्डको आग्रह

मंसिर ३० – संबिधान सभाको चुनावमा धाँदली भएको र नियतबस आफ्नो पार्टीलाई हराइएकोले संबिधान सभामा नै नजाने उद्घोष गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष क. प्रचण्ड उर्फ पुष्पकमल दाहालले समानुपातिकतर्फको उमेद्वारको नाम पठाउने समय थप्न प्रस्ताव गरेका छन् ।

यसअघि नै कांग्रेसको मागअनुसार समय थप गरिसकिएको भएपनि एमाओवादीलाई समानुपातिक तर्फको उमेद्वारको नाम छनौट गर्न समय नपुग्ने भएकाले पुस ३ गतेको समयलाई बढाउनुपर्ने प्रस्ताव अध्यक्ष दाहालले आइतबार वसेको उच्चस्तरीय समितिको बैठकमा पेश गरेका हुन् ।

बैठकमा सहभागि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार प्रचण्डको प्रस्तावपछि कांग्रेस एमाले पनि यस विषयमा सकारात्मक रहेका छन् । बैठकमा कांग्रेस, एमाले र एकीकृत माओवादी आ–आफ्नै अडानमा रहेपछि, बैठक सोमबार फेरि बस्ने गरि बिना निष्कर्ष टुंगिएको छ । बैठकमा एकीकृत माओवादीले आफ्नो अडान भने कायमै राखेको थियो ।

बैठकमा कांग्रेस एमालेले छिटो संविधानसभा बोलाएर संविधानसभामै गएर समस्या समाधान गर्नुपर्नेमा जोड दिइरहंदा थिए भनेएकीकृत माओवादीले छुट्टै स्वतन्त्र आयोग गठनको पुरानै अडान दोहोरयार्याएको थियो । यद्यपी एमाओवादीको म्याद थपको प्रस्तावपश्चात कांग्रेस एमालेका नेताहरुले एमाओवादी आफ्नो मागमा केहि लचक हुने संकेत पाएका छन् ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...