‘वालअधिकारमा आधारित हेरविचार अभियान’ नेपालमा पनि शुरु

मन्त्री प्रधानबाट सफलताको कामना
२७ मंसिर । वालवालिकाको अधिकारमा आधारित ‘मेरो हेरविचार गर्नुहोस ÚCare for me ! अभियान बुधबारबाट नेपालमा पनि शुरु भएको छ ।

वालवालिकाको दोस्रो घरको रुपमा परिचित विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय एसओएस वालग्रामको सिद्धान्त अनुसार यो अभियान शुरु गरिएको हो । अन्तर्राष्ट्रिय एसओएस वालग्रामले यो अभियान गतवर्ष ९सन् २०१२ ० देखि विश्वका १३३ मुलुकमा क्रमशः शुरु गर्ने कार्यक्रम अनुसार नेपालमा पनि शुरु गरिएको हो ।
सन् २००९ मा संयुक्त राष्ट्रसंघले वालवालिकाको लागि वैकल्पिक स्याहार सम्वन्धी जारी गरेको निर्देशिका (UN Guidelines on Alternative Care for Children) मा आधारित रहेर एशियाको भारत, इण्डोनेशिया र श्रीलंकापछि नेपालमा यो अभियान शुरु भएको हो । एसओएस वालग्राम नेपालले नेपाल सरकारको महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रयि वालकल्याण समितिको समन्वयमा सो अभियान बुधबारदेखि शुरु गरेको हो ।
वालवालिकाको लागि काम गर्दै आएका वालगृह, आवाशीय गृहहरु या यस्तै वैकल्पिक स्याहार केन्द्रहरुमा रहेका वालवालिकाको गुणस्तरीय स्याहार गर्नुपर्छ भन्ने मान्यता यो अभियानको मुल उद्धेश्य हो । वालवालिकालाई सकभर उनीहरुकै आमाबाबु या नजिकको आफन्तसंग बसेर हुर्किन पाउने अधिकारको सुनिश्चित गर्नु र वैकल्पिक स्याहार केन्द्रमा रहँदाका बेलामा पनि उनीहरुको अधिकारको संरक्षण गर्दै गुणस्तरीय स्याहारको व्यवस्था गर्नु अभियानको अर्को उद्धेश्य हो । अभियानबाट विभिन्न वालग्राम, वालगृह, वालवालिकासम्वन्धी वैकल्पिक स्याहार केन्द्र र यस्तै संघसंस्थामा आश्रीत हजारौं वालवालिकाले अधिकारमा आधारित स्याहार र हेरविचार पाउने अपेक्षा गरिएको छ ।
एसओएस वालग्राम नेपाल सानोठिमीमा महिला, वालवालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधानले सो अभियानको उद्घाटन गर्दैवालवालिकालाई गुणस्तरीय स्याहार र संरक्षणसहित प्राकृतिक परिवारमा हुर्किन पाउने वातावरण सृजना गर्नु भनेको मानव सभ्यताको विकासमा टेवा पुरयाउनु हो भन्नुभयो । अभियानले पारिवारिक संरचनाबाट वञ्चित वालवालिकाहरुतर्फ सबैको ध्यानाकर्षण गर्नुका साथै उनीहरुको सम्मानपुर्वक बाँच्न र हुर्किन पाउने अधिकारको संरक्षण गर्न सघाउने पनि मन्त्री प्रधानले विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा मन्त्री प्रधानले वालग्राममा आश्रीत वालवालिकाको एउटा घरको नीरिक्षण गर्नुका साथै त्यहाँका वालवालिकाहरुसंग अन्तरसंवाद पनि गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री प्रधानलाई वालग्रामको तर्फबाट अध्यक्ष प्रा।डा। विश्वकेशर मास्केले उपहार प्रदान गर्नुभयो ।
आफ्ना अभिभावक गुमाएका र गुमाउनसक्ने उच्च जोखिममा रहेका वालवालिकालाई मायालु घरका साथै दीर्घकालीन पारिवारिक वातावारणमा हेरचाह, उचित शिक्षादिक्षा, स्वास्थय र अन्य अवसर प्रदान गर्दै उनीहरुलाई योग्य नागरिक बनाउन एसओएस वालग्रामले खेलेको भुमिका प्रभावकारी रहेको पनि उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष प्रा।डा।विश्वकेशर मास्के, राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्ग, मेरो हेरविचार गर्नुहोस अभियानकी संयोजक तथा एसओएस वालग्राम नेपालका सहायक निर्देशक सुष्मा पोखरेलले एसओएस वालग्रामले वालवालिकाको सर्वोत्तम हीतका लागि वालग्रामले अपनाउँदै आएको वालअधिकारमा आधारित वैकल्पिक स्याहार नीतिका बारेमा बताउनुभयो ।
त्यस अवसरमा केन्द्रीय वालकल्याण समतिका अध्यक्ष डिल्लीराम गिरीले एसओएस वालग्रामलगायत अन्य वैकल्पिक स्याहार केन्द्र तथा वालगृहहरुमा हुर्केका केटाकेटीको भविष्यमा रोजगारीका लागि सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
मेरो हेरविचार गर्नुहोसअभियान कार्यान्वयन गर्ने सिलसिलामा आवाशिय वालगृहको सञ्चालन तथा व्यवस्थापनसम्वन्धी नेपाल सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन र प्रवद्र्धनका लागि एसओएस वालग्राम रहेका १० वटा जिल्लाहरु भक्तपुर, काठमाण्डौ र ललितपुरका साथै काभ्रे, कास्की, रुपन्देही, चितवन, सुनसरी, सुर्खेत तथा कैलालीमा आवश्यक कार्य शुरु भईसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...