ध्यान्य पूर्णिमाको अवसरमा शक्तिपीठमा मेला
१ पुस । धान्य पूर्णिमाको अवसरमा मुलुकभरका विभिन्न शक्तिपीठहरुमा धार्मिक मेला लागेका छन् । दोस्रो पशुपतिनाथको रुपमा परिचित नुवाकोटको राउतवेसीस्थित दुप्चेश्वर महादेव मन्दिरमा मोक्ष्ँदा एकादशीबाट सुरु भएको मेला सोमबार चौथो दिन पनि जारी छ ।
स्थानीय बासे तामाङको गाई नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनहरुले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूज्दै आएका छन् ।सर्वसाधारणले जे माग्यो त्यो सिद्ध गराउने भगवानको रुपमा रहेका दुप्चेश्वर महादेवले पुत्रलाभ दिने महादेवको रुपमा विश्वास गरिन्छ । समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटाएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बाँस बस्न पुगेको किंवदन्ती छ ।
0 comments
Write Down Your Responses