उत्तर कोरियाका शक्तिशाली नेता चाङ सोङलाई मृत्युदण्डको सजाय

२८ मंसिर । उत्तर कोरियाका एक शक्तीशाली नेता चांङ सोङलाई मृत्यु दण्डको सजायँ दिईएको छ । त्यहाँका प्रमुख नेता किम जोङ उनका फुपाजु चांङलाई राजद्रोह एवम् भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजायँ दिईएको हो ।

चाङलाई यसै हप्ता नाटकीय ढंगबाट त्यहाँको कम्युनिष्ट पार्टीको शक्तीशाली पदबाट हटाईएको थियो ।
दुई बर्ष पहिले किम जोङ उनले आफ्ना पिताको निधन पछि उत्तर कोरियाको सत्ता सम्हालेका थिए ।
त्यसपछि उत्तर कोरियामा लगातार उथलपुथल भैरहेको छ ।

त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार चाङले हिजो भ्रष्टाचारको मुद्धा स्वीकार गरेका थिए । त्यसलगतै उनलाई मृत्युदण्ड दिईएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनका पिता सत्तामा रहँदा चाङले निकै मदत गरेका थिए । चाङलाई कोरियाको दोस्रो शक्तीशाली नेता मानिन्थ्यो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...