प्लाष्टिकका झोला हटाउने अभियानमा युवा

१ पुस । काठमाडौ उपत्यकाबाट प्लास्टिकका झोला हटाउन युवाहरुले अभियान शुरु गरेका छन् ।

हिमालयन क्याईमेट ईनोसियटिभ संस्थाको नेतृत्वमा युवाहरुले काठमाडौमा उपत्यकालाई २०७२ सालसम्म प्लाष्टिकका झोलामुक्त घोषणा गर्ने अभियान सुरु गरेका हुन् । इनोसियटिभले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्लाष्टिकका झोला मानिस र वातावरणका लागि अनुपयुक्त भएकाले यस्तो अभियानमा साथ दिन सबैलाई आग्रह गरेको छ । कार्यक्रममा उपस्थित नेपाली कांगेसका नेता गगन थापा र एमाले नेता रविन्द्र अधिकारीले युवाहरुको अभियानमा प्रतिवद्धता जनाए । गत नोभेम्बर १ बाट शुरु भएको कार्यक्रम २५ महिनासम्म चल्ने ईनोसियटिभले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...