तेस्रो कार्यकालका लागि मर्केल चान्सलर पदमा निर्वाचित

३ पुस । जर्मर्नीको संसदले एङ्गेला मर्केललाई तेस्रो कार्यकालका लागि चान्सलर पदमा निर्वाचिन गरेको छ ।

यसले तीन महिना अगाडि भएको निर्वाचनले उनलाई आफ्ना प्रतिद्वन्द्वीबीच बृहत् गठबन्धन खोज्न बाध्य बनाएपछिको अनिश्चितता अन्त्य गराएको छ । जर्मनीको संसदको तल्लो सभा बुन्डेस्टागमा भएको मतदानमा उनको पक्षमा ४६२ मत परेको थियो भने विपक्षमा १५० मत परेको थियो । नौँ सांसद मतदानमा अनुपस्थित भए । मर्केलले आफूले निर्वाचनको नतिजा स्वीकार गरेको र आफूलाई दिइएको विश्वासका लागि धन्यवाद दिएकी छन् ।

निर्वाचनमा उनले विजय हासिल गरेको तर पूर्ण बहुमत प्राप्त गर्न नसकेको ८६ दिनपछि बुन्डेस्टागमा भएको गोप्य मतदानमा उक्त नतिजा आएको हो । ६ सय ३१ स्थानको संसदमा मर्केलको परम्परावादी तथा नयाँ मध्यमार्गी बामपन्थी साझेदार सांसदहरूको सङ्ख्या ५०४ रहेको छ । मर्केलले बुधबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । र पेरिसको भ्रमण गरी राष्ट्रपति फ्राँस्वा अलोँसँग भेट गर्ने पनि उनको कार्यक्रम छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...