निर्वाचन इतिहासकै स्वच्छ रुपमा भएको उप्रेतीको भनाइ

१ पुस । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले यसपटकको निर्वाचन इतिहासमै सबैभन्दा स्वच्छ ढंगले सम्पन्न भएको दाबी गर्नुभएको छ ।

सोमबारबाट काभ्रेको धुलिखेलमा सुरु भएको निर्वाचन शिक्षा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त उप्रेतीले संविधानसभा निर्वाचनमा धाँधली भयो भन्नु कमिलाले हात्ती बोकेर सगरमाथा चढ्यो भन्नुजस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले मतदाताको जोश, उत्साह र सहभागितामा निर्वाचन सम्पन्न भएको दाबी गर्नुभयो । अर्को प्रसंगमा प्रमुख आयुक्त उप्रेतीले निर्वाचन आयोगले दिएको समयसीमाभित्रै दलहरुले समानुपातिक तर्फको नाम बुझाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैको चाहना छिट्टै संविधानसभा गठन होस् भन्ने भएकाले समयमै नाम पठाउन दलहरुलाई आग्रहसमेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...