कम्प्युटर शिक्षा लागु भएपछि पठनपाठनमा सुधार

३ पुस । स्थानीयको पहलमा सञ्चालित कञ्चनपुरको एक विद्यालयमा कम्प्युटर शिक्षा लागु भएपछि उल्लेख्य शैक्षिक सुधार भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० ब्रम्हदेवस्थित सिद्धनाथ माविमा कम्प्युटर शिक्षा लागु भएपछि विद्यार्थीको आकर्षण समेत बढेको छ । शिक्षक तथा विद्यार्थीले कम्प्युटर शिक्षा उपलव्ध भएपछि अध्ययनमा निकै सुधार आएको बताए ।

स्थानीयको पहलमा २०४५ सालमा स्थापना भएको मावि तहसम्म अध्ययन हुने विद्यालय स्थानीय सिद्धनाथ मन्दिर व्यवस्थापन समिति र सिद्धनाथ सामुदायिक वनले सञ्चालन गरिरहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...