नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै

२६ मंसिर । नेकपा एमालेको केन्द्रीय समितिको बैठक बुधबार पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठकमा राजनीतिक निकास र समानुपातिक सभासद् चयनको मापदण्डका विषयमा छलफल हुनेछ । हिजो बसेको बैठकमा नेताहरुले अन्तर्घातले दोस्रो संविधानसभा निर्वाचनमा धेरै सिट गुमेको गुनासो गरेका थिए । बैठकमा बोल्ने नेताहरुले पार्टीकै नेताहरुबाट भएको अन्तर्घातले धेरै सिट घटेको र त्यस्ता व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको निर्वाचनको समीक्षा र राजनीतिक निकासका विषय समेटेको प्रतिवेदनमाथि धारणँ राख्ने केन्द्रीय सदस्यहरुले पार्टीमा अन्तर्घात गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । यसैबीच बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले राष्ट्रपति र उपराष्ट्रपति नयाँ जनादेश अनुसार नै चयन गर्नुपर्ने बताएका छन् । उनीहरुले राष्ट्रपतिको नयाँ निर्वाचनको अडान नछाड्न नेतृत्वलाई सुझाव पनि दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...