राप्रपा नेपालको समानुपातिक सभासदको सूची अस्वीकृत

२८ मंसिर । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बुझाएको सानुपातिक सभासद्को सूचीलाई अस्वीकार गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार समानुपातिक निर्वाचन प्रणाली तर्फ विजयी उम्मेदवारको नामावली पेश गर्न भन्दै अख्तियारले पत्राचार गरेको हो ।
विजयी उम्मेदवारको नाम दल दर्ता गराउँदा कायम रहेको केन्द्रीय कार्यसमितिको बैठक बमोजिम नै हुनुपर्नेमा त्यसो गरेको नपाइएको आयोगको ठहर छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मनोमानी ढंगले मंसिर २३ गते समानुपातिकको सूची पेश गरेको भन्दै केही केन्द्रीय सदस्यहरुले आयोगमा उजुरी गरेका थिए ।
आयोगले विजयी उम्मेदवारहरुको नामावली पेश गर्दा ५० प्रतिशत महिला अनिवार्य रुपमा समावेश गर्न समेत राप्रपा नेपालको ध्यानाकर्षण गराएको छ ।
यसअघि राप्रपा नेपालले महिला ११ र पुरुष १३ गरी २४ जनाको नामावली आयोगमा बुझाएको थियो । पार्टी अध्यक्ष थापा सभासद्को विवादलाई वेवास्ता गर्दै भारत गएको बेला पार्टी भित्रको विवादले झनै अग्र रुप लिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...