अफगानिस्तानमा २३ जना तालिवानी लडाकुको मृत्यु

१ पुस । अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवानका विरुद्ध अफ्गान प्रहरीले गरेको कारबाहीमा २३ जना तालिवानको मृत्यु भएको छ ।

कारबाही अफगानिस्तानको प्रहरीले मात्र गरेको र त्यसमा नेटो सम्बद्ध सैनिकको कुर्नै संलग्नता नरहेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो दिनमा अफ्गान प्रहरीले गरेको कारबाहीमा दिनहुँ जसो दर्जर्नौ तालिवानी मारिदै आएका छन् । आगामी सन् २०१४ को अन्त्यसम्ममा त्यहाँबाट नेटो सैनिक फर्किने भएकाले पनि तालिवानविरुद्धको कारबाहीमा प्रहरी अघि सारिएको बताइएको छ । अफगानिस्तानको कुनार , नान्र्गाहार, लाघमान , जावजान, गजनी, खोस्त र हेलमान्ड प्रान्तमा तालिवानविरुद्ध कारवाही जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...