मिस नर्स प्रतियोगिता हुँदै

२८ मंसिर । नेपालमा सौन्दर्य प्रतियोगिताको नाममा विभिन्न क्षेत्रमा आबद्ध युवतीलाई प्रतियोगितामा समेट्ने क्रममा नर्सहरूको सुन्दरता र क्षमताको परख गर्न ‘मिस नर्स नेपाल २०७०’ हुने भएको छ ।

नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा माघ दोस्रो साता अन्तिम स्पर्धा हुने गरी आवदेन खुला गरिएको छ ।
प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सलाई सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ । देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनोट भएका ३० उत्कृष्ट प्रतियोगीबीच अन्तिम स्पर्धा गराइने आयोजकले जनाएको छ । पहिलोपटक हुन लागेको प्रतियोगितामा विभिन्न १२ विधामा उपाधि प्रदान गरिने छ भने उपाधि विजेताले ५० हजार रुपैयाँसहित नेपाल र अस्ट्रेलिया अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...