लालुप्रसादलाई धरौटीमा रिहा गर्न आदेश

२८ मंसिर । भारतीय सर्वोच्च अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उनीमाथि चाइवासा कोषबाट पशु आहार खरिद गर्दा ३७ करोड घोटला गरेको आरोप लागेको थियो । उनले आप्mनो रिहाइको लागि गरेको अपिलको सुनुवाइ डिसेम्बर १३ को लागि तोकिएको थियो । झारखण्ड उच्च अदालतले उनको अपिल खारेज गरेपछि सर्वोच्च अदालतमा अपिल गरिएको थियो । उनी गत अक्टुबर ३ देखि कारागारमा छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...