अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा विविध कार्यक्रम

३ पुस । बुधबार आप्रवासी दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन १९९० मा विश्व आप्रवासी कामदार र उनका परिवारको हक अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गई बस्ने प्रकृयालाई आप्रवासन भनिन्छ ।

आप्रवासी कामदारहरुमा चेतना जगाउने आप्रवासी कामदारहरुलाई त्यहाँका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देश सहित यो दिवस मनाउने गरिन्छ । नेपाली कामदारको आप्रवास सुरक्षित होस भनेर सरकारले नै यो दिवसलाई सप्त्ताहव्यापी रुपमा मनाइरहेको छ । अहिले खाडी लगायत विश्वका १ सय ८ मुलुकमा ३० लाखभन्दा बढी नेपाली कामको खोजीमा पुगेका छन् । सरकारले राष्ट्रसंघबाट पारित महासन्धिमा अझै हस्ताक्षर गरेको छैन । यो सन्धी ४४ वटा देशले अनुमोदन गरिसकेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...