पुरानै खराब शक्तिहरूसंग चित्त बुझाउनु श्रेयस्करः भट्टराई

काठमाडौँ, २८ मंसिर । एकीकृत माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली जनताले नयाँ शक्तिमाथि भन्दा पुरानै खराब शक्तिहरुसँग चित्त बुझाएको बतएका छन् ।


आफ्नो फेसबुक पेजमा शुक्रबार स्टाटस पोष्ट गर्दै डा. भट्टराईले आफू गम्भीर आत्मसमीक्षाको क्रममा रहेको उल्लेख गर्दै आफू र आफ्नो पार्टी विद्यमान शक्ति र नेताहरुभन्दा तात्विक रुपले भिन्न हुन नसकेको स्वीकारेका हुन् । फेसबुकमा आफ्नो प्रारम्भिक निश्कर्षमा सुझाव माग्दै उनले लेखेका छन् ।
हालैको पार्टीको नराम्रो चुनावी पराजय पछि थालेको गम्भीर आत्मसमीक्षाको क्रममा म केही प्रारम्भिक निष्कर्षमा पुगेको छु, त्यसलाई पूर्ण बनाउन सबै शुभेच्छुकहरुको सहयोग र सुझावको अपेक्षा गर्दछु:

० माओवादी आन्दोलन उन्नत र वैकल्पिक राज्यसत्ता, समाज र संस्क्रिति निर्माण गर्ने महाभियान थियो । तर समयक्रममा हामी विद्यमान राजनीतिक शक्ति र नेताहरू भन्दा तात्विक रुपले भिन्न हुन र देखिन सकेनौं । जनताले उस्तै अर्को एउटा नयाँ शक्तिमाथि जोखिम उठाउनु भन्दा पुरानै खराब शक्तिहरूसंग चित्त बुझाउनु श्रेयस्कर ठाने ।

० व्यक्तिगत रुपमा समय समयमा मैले सापेक्ष रुपले सही सोंच राखें र सही कुरा पनि उठाएँ । त्यसनिम्ति मबाट जनताले धेरै आशा राखे र ममाथि भरोसा पनि गरे । तर मसंग आफ्नै सोंच र प्रतिबध्दतालाई लागू गर्ने आवश्यक इच्छाशक्ति र संगठनात्मक तागत भएन । उदाहरणार्थ, २०६९ जेठ १४ गते राति अन्तिम विकल्पको रुपमा म आफैले कलंकको टीका लगाएर भए पनि संकटकाल घोषणा गर्छु र संविधानसभाको म्याद थप्ने प्रस्ताव लैजान्छु भन्ने सोंच बनाएर त्यसको उद्घोष पनि गरें तर अरु विपक्षीहरूका अतिरिक्त आफ्नै नेता र सहकर्मीहरुको दवाव खेप्न नसकेर पछि हटें । यो मेरो जीवनको सबभन्दा ठुलो गल्ती साबित भयो, जुन म विनम्रतापूर्वक स्वीकार्दछु ।

० आगामी दिनमा मेरा तीन प्रमुख प्रतिबध्दता रहनेछन्: १. राष्ट्रिय स्वाधीनता र समावेसी राष्ट्रियता( National Independence & Inclusive Nationalism) , २ समावेसी लोकतन्त्र ( Inclusive Democracy) र ३. समावेसी विकास( Inclusive Development) ।

० यसकानिम्ति म आफ्नो पार्टी अतिरिक्त समान सोंच भएका अन्य पार्टी भित्रका र गैर-पार्टी व्यक्ति तथा संस्थासंग सहकार्य गरेर अघि बढ्नेछु ।



0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...