लागूऔषधसहित ५ युवा पक्राउ

१ पुस । लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत नयाँबानेश्वरले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाराका बैजनाथ पण्डित, प्रभु ठाकुर, राकेशकुमार ठाकुर, आशमान ठाकुर र रौतहटका अरुण ठाकुर रहेका छन् ।

उनीहरुबाट प्रहरीले ११ सय थान भन्दा बढी डाइजेपाम, नुफिन, फिनर गन लगायतका औषधिहरु बरामद गरेको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...