वेष्टइन्डिज विरुद्धको खेलमा न्युजिल्याण्ड विजयी

२८ मंसिर । वेष्टईन्डिज विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा न्युजिल्याण्ड एक पारी र ७३ रनले विजयी भएको छ ।


पहिलो पारीमा १ सय ९३ रन बनाएर फलोअनमा परेको वेष्टईन्डिज दोस्रो पारीमा १ सय ७५ रनमै समेटिए पछि न्युजिल्याण्ड विजयी भएको हो । न्युजिल्याण्डले पहिलो पारीमा ४ सय ४१ रन बनाएको थियो । वेष्टईन्डिजलाई सस्तैमा समेट्न पहिलो पारीमा ६ विकेट लिनु भएका न्युजिल्याण्डका टे«न्ट बोल्ट दोस्रो पारीमा ४ विकेट लिनु भयो । यस्तै टिम साउथीले ३ र निल वाग्नरले दुई विकेट लिनु भयो ।
वेष्टइन्डिजका किरण पावेलले ३६, क्रिक ईडवार्डले ३५, शिबनारायण चन्द्रपलले ३१ रन बनाए पनि अन्यले राम्रो गर्न सकेनन् ।
तिन म्याचको शिरिजमा न्युजिल्याण्डले एक शुन्यको अग्रता लिएको छ । पहिलो टेष्ट बराबरीमा सकिएकोे थियो । तेस्रो टेष्ट भने डिसेम्बर १९ बाट शुरु हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...