चितवनमा पहिलोपटक सर्वाधिक धनराशीको क्रिकेट

३ पुस । चितवनमा पहिलोपटक सर्वाधिक धनराशी पुरस्कारको क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको मैदानमा मंगलबार प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक वीरेन्द्र बहुमुखी क्याम्पस ‘बी’ ले बाल्मिकी शिक्षा सदनलाई ६२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

१७ ओभरमा खेलाइएको खेलमा टस हारेर पहिले व्याटिङमा उत्रिएको वीरेन्द्र ‘बी’ ले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ६१ रन बनाएको थियो । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको बाल्मिकीले ९ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा १६ कलेजका १८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा पहिलो हुनेले ६८ हजार ९ सय २ र दोस्रो हुनेले ३५ हजार ९ सय २ रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगितामा म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट विकेट किपर र म्यान अफ दि म्याचलाई नगदसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिता पुस १४ गतेसम्म चल्ने छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...