चीनमा हिंसा भड्किएपछि १६ जनाको ज्यान गयो

२ पुस । चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा भड्किएको हिंसामा १६ जनाको मृत्यु भएको छ ।

काशगार सहर नजिक पर्ने एक गाउँमा यो घटना भएको चिनियाँ सरकारी वेबसाइटले उल्लेख गरेको छ । प्रहरीले हतियार र विष्फोटक प्रदार्थ लिएका समूहलाई नियन्त्रण्ँमा लिने प्रयास गर्दा उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । प्रहरीले जवाफी कारवाही गर्दा १४ जना मारिएको र घटनामा दुई प्रहरीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । सिन्जियाङ प्रान्तमा अल्पसंख्यक मुस्लिम उइगुरहरुको बसोबास रहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...